धनगढी–७ को वडाध्यक्षमा एमालेका राना विजयी
धनगढी उपमहानगरपालिका–७ को वडाध्यक्षमा नेकपा एमालेका मोती राना विजयी भएका छन्।
उनले १ हजार ५४७ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम रानाले १ हजार १६२ पाएका छन्। उक्त वडाको महिला, दलीत र एक वडा सदस्यमा पनि एमालेकैै उम्मेदवार विजयी भएका छन्। एउटा वडा सदस्य कांग्रेसबाट निर्वाचित भएका छन्।
७ जेठ २०७९, शनिवार १२:२१ बजे प्रकाशित












