बाजुराको बुढीनन्दामा एमालेका बोहरा विजयी

बाजुराको बुढीनन्दा नगरपालिकामा एमालेका जनककुमार बोहरा विजयी भएका छन्। बोहराले ५ हजार १ सय १५ ल्याउँदा नेपाली कांग्रेसको पदम गिरीले ३ हजार २ सय ७१ मत ल्याएका छन्।यसैगरी उपप्रमुखमा एमालेले समर्थन गरेका स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन्।

उनले ४ हजार ७७ मत ल्याउँदा नेपाली कांग्रेसककी रितादेवि सिंहले ३ हजार ६ सय ७७ मत ल्याएकी छिन्। २०७४ सालको निर्वाचनमा कांग्रेसका गिरीबाट एमालेका बोहरा झिनो मतान्तरले पराजित भएका थिए।


७ जेठ २०७९, शनिवार ०८:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु