धनगढीमा आजदेखी दुई दिन बिजुली नहुने

कैलालीको धनगढी उपमहानगरपालिकामा केही स्थानमा आजदेखी दुई दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ ।नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र अन्तरगत राजपुर, बेला र कैलारीको हसुलिया फिडरमा आज र भोली विद्युत लाइन अवरुद्ध हुने भएको हो ।

बुस कटिङ गनुपर्ने भएकाले विहान १० बजेदेखि साँझ ५ बजेसम्म ११ केभी प्रसारण लाइन अवरुद्ध हुने धनगढी वितरण केन्द्रले जनाएको छ ।


७ जेठ २०७९, शनिवार ०८:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु