सेतीमा बस खस्दा १२ जना घाइते, १८ महिने बालक बेपत्ता

आज बिहान डोटीमा यात्रुबाहक बस सेती नदीमा खस्दा एक बालक बेपत्ता भएका छन्। कैलालीको धनगढीबाट अछाम जाँदै गरेको ना ५ ख ९६६३ नम्बरकोे बस डोटीको शिखर नगरपालिका–१ स्थित जेरुपानीमा सडकबाट नदीमा खस्दा अन्य १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भोला भट्टले जानकारी दिए।

१२ जना घाइतेमध्ये एक जनाको अवस्था गम्भिर छ। ‘बिहान सवा ५ बजेतिर बस दुर्घटनामा परेको हो, एक जना १८ महिने बच्चा नदीमा बेपत्ता छन्,’ उनले भने, ‘नदी आसपासमा खोजीकार्य भइरहेको छ।’

केआई सिंह राजमार्गमा पर्ने जेरुपानीमा सडकबाट करिब ७० मिटर तल सेती नदीको किनारमा बस खसेको प्रहरीले जनाएको छ। दुर्घटनापछि बसका चालक फरार भएका छन्।


७ जेठ २०७९, शनिवार ०८:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु