धनगढी–५ मा कांग्रेसका शाही प्यानलसहित विजयी
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका गजेन्द्र शाही (गज्जु) प्यानलसहित विजयी भएका छन्।
शाहीले १९३६ मत ल्याएर वडाध्यक्षमा बिजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका धीमलाल जोशीले ७९२ मत पाएका छन्।
६ जेठ २०७९, शुक्रवार १४:१५ बजे प्रकाशित












