धनगढीमा हमालले कटाए १९ हजार, अरु कसको कति ?
कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् । अहिले सम्म ४३ हजार १२३ मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार हमालले १९ हजार ६२१ मत पाएका छन् ।
हमाललाई पछ्याइरहेका गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ९ हजार ७११ पाएका छन् । यसैगरी एमालेका रणबहादुर चन्दले ४ हजार ७३४ मत पाएका छन् । हमाल र वडबीच ९ हजार ५९० मतको अन्तर छ।
उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ८ हजार ९५९ मतका साथ अग्रता लिइरहेकी छिन् । उनलाई पछ्याइरहेकी एमालेकी कन्दकला रानाले ८ हजार २८७ पाउँदा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार २६४ मत पाएका छन् ।
६ जेठ २०७९, शुक्रवार १४:१२ बजे प्रकाशित












