धनगढी २ मा कांग्रेसका ओझा प्यानल सहित विजयी
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेपाली काँग्रेसका धर्मराज ओझा प्यानल सहित विजयी भएका छन्। उनी एक हजार १९४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
त्यस्तै महिला सदस्यमा काँग्रेसकै विन्द्राकुमारी बम (सिंह), दलित महिला सदस्यमा मिना रैका आउजी, सदस्यमा केशवराज पन्त र तेजराज पनेरु विजयी भएका छन्।
४ जेठ २०७९, बुधवार १०:४८ बजे प्रकाशित












