घाेडाघाेडीकाे मेयरमा एमालेलाई पछि पार्दै एसकाे फराकिलाे अग्रता

कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता कायमै राखेका छन् । अहिलेसम्म २५ हजार २९८ मतगणना भएको छ । मेयरमा सत्ता गठबन्धनका उम्मेदवार खडक रावतले १० हजार ३३६ मत पाएका छन् ।

एमालेका ममताप्रसाद चौधरीले ६ हजार १६८ मतमा खुम्चेका छन् । रावत र चौधरीको मतान्तर ४१६८ छ ।

राप्रपाका निरज मल्लले ४ हजार ५० मत पाएका छन् । यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी गुलियाकुमारी चौधरीले ८ हजार ९७५ मत पाएकी छन् ।

नेकपा एमालेकी करुणा बम बटालाले ५ हजार ३ सय २४ मत पाएकी छन् । उनीहरूको मतान्तर ३ हजार ६५१ छ । यस्तै राप्रपाकी लक्ष्मीकुमारी चौधरीले २ हजार ३९९ मत पाएकी छन् ।


४ जेठ २०७९, बुधवार १०:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु