डडेल्धुराको एक क्वारेन्टाइनमा महिलाको मृत्यु
डडेल्धुरा,जेठ २१। डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा रहेको असिग्राम आधारभुत बिद्यालय रौनाकोट क्वारेन्टाइनमा बुधबार मृत्यु हो ।
मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका वडा नम्बर २ कि ३० बर्षीय सविता विकको मृत्यु भएको प्रहरी चौकीका इर्चाज प्रहरी सहायक निरिक्षण धनबहादुर बिष्टले जनकारी दिए ।
राति श्रीमनसंगै सौञ्चालय गएकी महिला एक्काशी बेहोस भएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । कृतकको कोरोना परिक्षण हुने जनाएको छ । मृतक महिला र श्रीमान छोरासहित चार दिन अघि भारतबाट आएका थिए ।
२१ जेठ २०७७, बुधवार ०३:०५ बजे प्रकाशित












