मुख्यमन्त्री भट्टको गृहपालिका केआईसिंहमा कांग्रेस विजयी

डोटीको केआईसिंह गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित चार वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार लोकेन्द्र बहादुर शाही ४ हजार २६२ मतसहित विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उमेदवार केशवनाथ योगीले ३६२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै उम्मेदवार मिना देवी विष्ट ४ हजार ७२ मतसहित विजयी भएकी छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवार निर्मला अवस्थीले २५३६ मत प्राप्त गरेकी छन् ।

केआईसिंह गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनमा चुनाव लडेका थिए । केआईसिंह नेकपा माओवादी केन्द्रका नेता एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र नेकपा एकीकृत समाजवादीका नेतृ सुदूरपश्चिम प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशीको गृह पालिका हो ।

अध्यक्षमा निर्वाचित शाही र उपाध्यक्षमा निर्वाचित विष्ट २०७४ को निर्वाचनमा पनि ७ वटा वडासहित भारी मतले विजयी भएका थिए ।
केआईसिंह गाउँपालिकाका सात वटा वडाहरु मध्य चार वडामा नेपाली कांग्रेस, एक वडामा राप्रपा र एक÷एक वडामा समाजवादी र माओवादीका उम्मेदवार विजयी भएका छन् ।


४ जेठ २०७९, बुधवार ०९:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु