डोटीको शिखर नगरपालिकामा कांग्रेस विजयी
डोटीको शिखर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका दीर्घ बलायर विजयी भएका छन्। उनले ६ हजार ५६२ मत प्राप्त गरेर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भीम बलायरले ४ हजार ५९१ मत प्राप्त गरेका छन्।यस्तै, एकीकृत समाजवादीका सागर भट्टले ३०२ मत र राप्रपाका गिरी रोकायाले ४२ मत मात्रै पाए।उपमेयरमा नेपाली कांग्रेसकै सुनिता रावल (जोरा) ६ हजार ४२६ मत ल्याउँदै विजयी भएकी छन्।
उनकी प्रतिस्पर्धी नेकपा एमालेकी लक्ष्मीदेवी मल्लले ४ हजार ६४५ मत पाइन् भने नेकपा माओवादीका रमेशप्रसाद जोशीले ३६६ मत पाएका छन्। नगरका ११ ओटा वडाहरुमध्ये ७ वडामा कांग्रेस र ४ वडामा एमालेका उम्मेदवार विजयी भएका छन्।
४ जेठ २०७९, बुधवार ०८:४८ बजे प्रकाशित












