सुदुरपश्चिममा पहिलो पटक स्वास्थ्यकर्मीहरुलाई पनि कोरोना संक्रमण पुष्टि
कञ्चनपुर, जेठ २१ । सुदुरपश्चिममा पहिलो पटक स्वास्थ्यकर्मीहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । आज धनगढी प्रयोगशालामा नयाँ पुष्टि भएका १८ जना संक्रमितहरु मध्ये एक जना स्वास्थ्यकर्मी समेत रहेको जनाएको छ ।
कञ्चनपुरको पुनर्वासमा आज ६ जनामा संक्रमण पुष्टि भएको थियो । ६ जना मध्ये ३६ बर्षीय पुरुष स्वास्थ्यकर्मी रहेको खुलेको छ । उनि भारतबाट आएका नेपालीहरुको स्वाब संकलनसँगै त्यहाँ रहेकाहरुको स्वास्थ्य अवस्थाको बमरेमा हेर्दै आएका थिए । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि पुर्नवासमा रहेको उनको मेडिकल समेत सिल गरिएको छ ।
२० जेठ २०७७, मंगलवार १८:२४ बजे प्रकाशित












