कैलालीको बर्दगोरियाको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी

कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर कुँवर विजयी भएका छन् । कुँवरले ५ हजार ८४२ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्दी गठबन्धनका साझा उम्मेदवार कांग्रेसका शेरबहादुर कठरियाले ४ हजार १८६ मत ल्याए ।

उपाध्यक्षमा भने गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका गणेशराज गिरी विजयी भएका छन् । गिरीले ४ हजार ५६९ मत ल्याउँदा उनका प्रतिद्धन्द्धी नेकपा एमालेकी इन्दु कठरीयाले ४ हजार २५५ मत मत ल्याइन् ।


३ जेठ २०७९, मंगलवार १३:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु