बित्थडचिर २ मा माओवादी-समाजवादी गठबन्धनलाई पछि पार्दै एमाले विजयी

बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर २ मा नेकपा एमाले विजय भएको छ। समाजवादी-माओवादी गठबन्धनका उम्मेदवार तारा बोहरालाई ५० मतले पराजित गर्दै एमालेका मान बहादुर बोहरा विजय भएका हुन्।

मानबहादुरले ३१० मत प्राप्त गर्दा समाजवादीका तारा बोहराले २६० मत प्राप्त गरेका छन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवार गणेश बोहराले २५१ मत प्राप्त गरे। यस्तै उक्त वडाबाट पालिका अध्यक्षमा एमालेका लोकेन्द्र बोहराले ३६९ मत, कांग्रेसका अमर महरले ३०९ मत र समाजवादीका जय बोहराले १२६ मत प्राप्त गरेका छन्। उक्त वडामा जम्मा ८९३ मत खसेका थिए।


१ जेठ २०७९, आइतवार ००:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु