बेल्डाँडीमा कांग्रेसको अर्को जित
कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–१ मा नेपाली कांग्रेसका गजबहादुर विष्ट विजयी भएका छन्। विष्ट ७ सय ७२ मत ल्याएर विजयी भएका हुन्। योसँगै वडामा कांग्रेसको पूरै प्यानल विजयी भएको छ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शंकरदत्त भट्टले ७ सय ५३ मत मात्रै प्राप्त गरेका छन्। योसँगै बेलडाँडी वडा नम्बर १ र ५ को मतगणना सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ।यसअघि वडा नम्बर–५ मा कांग्रेसका इन्द्रबहादुर खड्काको पूरै प्यानल विजयी भएका थिए।
१ जेठ २०७९, आइतवार ०८:५३ बजे प्रकाशित












