निर्धक्कसँग मतदान गर्न प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा निर्धक्कसँग मतदान गर्न आग्रह गरेका छन् ।
बिहीबार साँझ एक भिडियो सन्देशमार्फत देउवाले निर्धक्कसँग मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह गरेका हुन् ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्‍न गर्न सरकारले सम्पूर्ण व्‍यवस्थापन चुस्त दुरुस्त बनाएको प्रधानमन्त्री देउवाले बताए ।

‘स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकासमा योगदान पुर्‍याउन हुन म सबैमा अनुरोध गर्दछु’ प्रधानमन्त्रीले भिडियो सन्देशमा भनेका छन् ।

 


२९ वैशाख २०७९, बिहीवार २०:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु