दाङमा नुहाउने क्रममा डुबेर २ जनाको मृत्यु, एक जना बेपत्ता

दाङमा नुहाउने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।  दाङको बबई नदीमा डुबेर तुलसीपुर उपमहानगरपालिका-६ हात्तीखौवाकी १५ वर्षीय गौरव सुवेदीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्याल जानकारी दिए ।

बिहीबार दिउँसो पौउने २ बजेतिर दंगीशरण ४ बैबाङस्थित बबई नदीमा पौडी खेल्न पुगेका सुवेदी डुबेको अवस्थामा मृत फेला परेका थिए ।
त्यस्तै घोराही उपमहानगरपालिका- १७ स्थित ढिकपुरमा रहेको कृत्रिम जलाशयमा नुहाउने क्रममा डुबेर स्थानीय ३० वर्षीया विमला घर्तीमगरको मृत्यु भएको छ । बिहीबार बिहान जलाशयमा नुहाउन गएको बेला उनी चिप्लिएर डुबेकी थिइन् ।

त्यस्तै बवई नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोर बेपत्ता भएका छन् । बिहीबार दिउँसो १ बजेतिर बबईमा नुहाउन गएको समयमा घोराही उपमहानगरपालिका(१० नारायणपुरका १६ वर्षीय प्रसान्त वली बेपत्ता भएका हुन् ।
उनको खोजी कार्य भइरहेको इप्रका तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।


२९ वैशाख २०७९, बिहीवार २०:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु