धनगढीका मतदान अधिकृत घाइते

धनगढीका मतदान अधिकृत मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् । धनगढी–२, वैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा जाँदै गर्दा मतदान अधिकृत दिजराज भट्ट दुर्घटनामा परेर घाइते भएका हुन् ।

भट्ट सवार से१प ११६८ नम्बरको मोटरसाइकलसँग सु.प ०१.००१ च.२८८९ स्कारपियो ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताए ।

उनका अनुसार घाइते भट्टलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । मतदान केन्द्रमा उनको सट्टा नयाँ मतदान अधिकृत खटाइ सकिएको निर्वाचन अधिकृत प्रेमराज भट्टले बताए ।


२८ वैशाख २०७९, बुधवार १८:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु