देशभर थप २१ जनामा कोरोना संक्रमण, १२७ जना सक्रिय संक्रमित

देशभर पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७० जनाको पीसीआर परीक्षणमा १८ जना र ७१८ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जना निको भएका छन् भने हाल देशभर १२७ जना सक्रिय संक्रमित रहेका छन् ।  बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १८५ पुगेको छ ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ८३९ जना संक्रमणमुक्त भएका छन् ।


२८ वैशाख २०७९, बुधवार १७:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु