लागुऔषध पाँच किलो गाजाँसहित एकजना पक्राउ
धनुषामा लागुऔषध पाँच किलो गाजाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरबाट लागुऔषध गाँजासहित धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरका ३१ वर्षीय किसुनदेव यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बरमझियाबाट प्र२–०३–०१९प १९४२ नम्बरको मोटरसाइकलमा डुमरियातर्फ जाने क्रममा जाँच गर्दा लागुऔषध गाँजा बरामद भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
२२ वैशाख २०७९, बिहीवार १५:०८ बजे प्रकाशित












