युवक मृत्यु प्रकरण : होटल सञ्चालकसहित २० जना प्रहरी नियन्त्रणमा
कञ्चनपुरको महेन्द्रनगरमा रहेको होटल नाइन इलेभनमा बुधबार बिहान २१ वर्षीय युवक मृत भेटिएपछि प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका मुकुल पाण्डेय होटलको कोठाभित्र मृत भेटिएका थिए ।होटलका सन्चालक कोमल सिंह होटलका कर्मचारीसहित मृतकका ३ जना साथी गरेर प्रहरीले जम्मा २० जनालाई पक्राउ गरेको छ ।
युवक मृत फेला परेको कोठामा लागुऔषध तथा सिरिन्जहरु फेला परेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक डीएसपी चक्रबहादुर शाहले बताए । ‘कोठामा लागुऔषध तथा सिरिन्जहरु फेला परेको छ,’ डीएसपी शाहले भने लागुऔषध प्रयोग गरेको देखिन्छ । बिदेश जाने तयारीमा रहेका युवक पार्टी गर्न भनेर होटल बसेको बताइएको छ । यसअघि मृतकसंगै सुतेका साथी आशिष चन्दलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
अहिले मृतक युवकको पोष्ट मार्टम गरेर आफन्तले शव बुझिसकेका छन् । रिर्पोट भने आउन बाँकी रहेको डीएसपी शाह बताए । पक्राउ परेका माथी सोधपुछपछि थप बाँकी कुरा खुल्ने उनकोे भनाई छ ।
२१ वैशाख २०७९, बुधवार १७:५५ बजे प्रकाशित












