कञ्चनपुरको एक होटलमा २१ वर्षीय युवक मृत फेला
कञ्चनपुरको एक होटलमा एक युवक मृत भेटिएका छन् । महेन्द्रनगरमा रहेको नाइन इलेभन होटलमा भीमदत्त नगरपालिका-१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा मृत भेटिएका हुन् ।
घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।
२१ वैशाख २०७९, बुधवार ११:१७ बजे प्रकाशित












