आज सुनचाँदीको मूल्य स्थिर

आज बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।हिजो मंगलबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार पनि प्रतितोला सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

हिजो मंगलबार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।


२१ वैशाख २०७९, बुधवार ११:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु