सुदूरपश्चिममा थप २ जनामा कोरोना पुष्टि
धनगढी,जेठ १३ । सुदूरपश्चिममा थप २ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीको जानकी गाउँपालिकाका ३८ बर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ बर्षीय बालिकामा कोरोना पोजेटिभ आएको जनाएको छ ।
अछामकी संक्रमित बालिका जेठ ८ गते आफ्ना बुवासंगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिईन्। उनका बुवामा पनि आईतवार कोरोना संक्रमण पुष्टि भईसकेको छ।
उनको सेती अस्पतालमा उपचार भईरहेको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या १७ पुगेको छ।
१३ जेठ २०७७, मंगलवार १०:०९ बजे प्रकाशित













