धनगढीको खप्तड मेडिकल कलेजमा विद्यार्थीले गरे तालाबन्दी
धनगढीको खप्तड टेक्निकल कलेजमा विद्यार्थीले तालाबन्दी गरेका छन् । विद्यालयमा आवश्यक शैक्षिक सामाग्रीको अभाव नभएको र विद्यालयले कुनै पनि शैक्षिक सामाग्रीमा चासो नदेखाएपछि विद्यार्थीले बिहीबार तालाबन्दी गरेका हुन् ।
उनीहरुलाई आवस्यक पर्ने लाइब्रेरीमा पुस्तक, कम्प्युटर ल्याबमा अधिकांश बिग्रेका कम्प्युटर व्यवस्थापनका विषयमा कुनै सुनुवाइ नभएपछि आन्दोलनमा उत्रनु परेको बिधार्थी बताउछन् । यस अघि शैक्षिक गुणस्तर सुधार्न सबै व्यबस्थापन गर्छु भनेर बिधालयले भने पनि अहिले सम्म कुनै सुनुवाई नभएको उनीहरुको भनाई छ ।
२४ चैत २०७८, बिहीवार १४:०७ बजे प्रकाशित













