जापानमा ७ रेक्टरको भूकम्प जाँदा ४ जनाको मृत्यु, ९० भन्दा बढी घाइते
जापानामा बुधबार राति गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा चार जनाको ज्यान गएको छ । अरु ९० भन्दा बढी घाइते भएका छन् । ११ वर्षअघि फुकुसिमा आणविक भट्टीमा क्षति पुग्ने गरी भूकम्प गएकै क्षेत्रमा बुधबार राति ७।३ म्याग्निच्युटको भूकम्प गएको थियो ।
भूकम्पको धक्काले राजधानी टोकियोका भवनसमेत हल्लिएका थिए । टोकियोमा ७ लाख घरमा र अन्यत्र १ लाख ५६ हजार घरमा विद्युत् अवरुद्ध भएको थियो । जसमध्येका अधिकांश घरमा अहिले विद्युत् सेवा पुनः सुरु भइसकेको छ ।
भूकम्प लगत्तै उत्तर पूर्वी तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको भए पनि पछि त्यसलाई फिर्ता लिइएको थियो ।
३ चैत २०७८, बिहीवार १२:४२ बजे प्रकाशित













