सुदूरपश्चिम महोत्सव यहि चैत १० गते देखी हुने

सुदूरपश्चिम महोत्सव यहि चैत १० गते देखी हुने भएको छ । कोरोनाका कारण दुई वर्षदेखि स्थगित भएको महोत्सव यस बर्ष चैत १० गतेबाट हुने जनाइएको छ । धनगढीमा मंगलबार पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिइएको हो ।

कोरोनाका कारण दुई वर्षदेखि स्थगित भएको महोत्सव माघमा संचालन गर्ने तयारी भएपनि कोरोनाका कारण अन्तिम समयमा आएर महोत्सव स्थगित गर्नुपरेको थियो ।चैत १० गते देखिनै महोत्सव संचालन गर्ने कैलाली उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिए ।

कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको महोत्सवले सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवर्द्धन गर्दै यस क्षेत्रको समग्र विकासका सम्भावनाहरूलाई उजागर गर्ने तथा कोरोना महामारीका कारण सृजित आर्थिक, सामाजिक प्रतिकुलता र विषम सामाजिक परिस्थितिबाट गुजिरहेको उद्योग व्यवसायलाई आसावादी बनाई पुर्नस्थापित गर्न महोत्सव उपलब्धिमूलक हुने आयोजकले बताएको छ ।

२०६३ सालदेखि धनगढीमा आयोजना भइरहेको महोत्सवको यो १५ औँ संस्करण हो । महोत्सवमा एक करोड बढीको लगानीमा उत्कृष्ट रूपमा सम्पन्न गरिने आयोजकले जनाएको छ । यसअघि माघ १८ गते देखि सञ्चालन गर्न घोषणा गरिएको महोत्सव कोरोना महामारीका कारण स्थगित गरिएको थियो ।

No description available.

यस बर्ष महोत्सव सेती प्रादेशिक अस्पतालको दक्षिण पट्टी रहेको खाली जमिनमा लगाउने तयारी भएको कैलाली उद्योग बाणिज्य संघले जानकारी दिएको छ । महोत्सव चैत १० गते देखी २० गते सम्म चल्ने आयोजकले जानकारी दिएको छ ।


१ चैत २०७८, मंगलवार १६:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु