जाजरकोटमा घरको छतबाट खसेर एक जनाको मृत्यु

जाजरकोटमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ। भेरी नगरपालिका-१ कालेगाँउका २४ वर्षीय भिमबहादुर खत्रीको भेरी-३ को ठाटीबजारस्थित एक घरको छतबाट खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।

पोल्टी फममा काम गर्दै आएका उनी फम सञ्चालकको घरको चौथो तलाबाट मंगलबार बिहान खसेका हुन्। घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।


१ चैत २०७८, मंगलवार ०९:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु