सुदूरपश्चिममा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिम प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९४१ नमुना परीक्षण गरिएकोमा थप पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार एन्टिजेन विधिबाट ८८५ नमुना परीक्षण गर्दा शुन्य र पिसिआर विधिबाट ५६ नमुना परीक्षण गर्दा पाँच जनामा संक्रमण देखिएको हो । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना संक्रमित डिस्चार्ज भएका छन ।
३० फागुन २०७८, सोमवार २१:०५ बजे प्रकाशित













