दुर्घटनामा परी मृत्यु भएका परिवारलाई मादी नगरपालिकाले जनही एक लाख दिने

सङ्खुवासभाको मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही रु एक लाख रुपैँया दिने भएको छ।

सोमबार बसेको  मादी नगरपालिकाको कार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगर प्रमुख विदुरकुमार लिंथेपले बताए। यस्तै बैठकले घाइतेलाई उपचार खर्च जनही रु ५० हजारसमेत दिने उनले बताए।

गत बिहीबार बिहान मादी–६ स्थित सात घुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो। दुर्घटनामा चार जना घाइतेसमेत भएका थिए।

स्मारकमा घाइते र मृतकको नाम लेखिनेछ। मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा४ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना भएको थियो। मृतक र घाइतेको सम्झनामा भुमेश्वर महादेवको स्मारकसमेत बनाउने निर्णय पनि गरिएको छ।


३० फागुन २०७८, सोमवार २०:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु