आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट : दुईजना पक्राउ

आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरेको आरोपमा  दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।दाङ सौडियार घर भई हाल काठमाडौं शान्तिनगर बस्दै आएका २८ वर्षीय महेश विश्वकर्मा र दाङकै घोराही उपमहानगरपालिका–८ का २४ वर्षीय राजेन्द्र सिन छन् ।

महेशलाई काठमाडौंबाट र राजेन्द्रलाई दाङबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए । उनीहरूले गत बुधबार राति चाबहिलस्थित ओम शाही टन्च सेन्टर सुन पसलका सञ्चालक ३४ वर्षीय व्यवसायी तथा भारतीय नागरिक अमोल भोस्लेलाई लुटपाट गरेको प्रहरीले जनाएको छ ।

मैनालीकाअनुसार पसल बन्द गरेर १२ लाख रुपैयाँ र ४२ तोला सुन बोकेर घर जाँदै गरेका भोस्लेको आँखामा खुर्सानी छर्केर उनीहरूले लुटपाट गरेका थिए ।


३० फागुन २०७८, सोमवार १७:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु