कुलदिप हत्या प्रकरण : उत्कृष्ट अनुसन्धान गर्ने २ प्रहरी सम्मानित, २ जनाको नाम सिफारिस
कुलदिप हत्या प्रकरणमा उत्कृष्ट अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय कैलालीका २ प्रहरी सम्मानित भएका छन् । प्रहरी नायब निरीक्षक सुशिल चन्द र प्रहरी जवान महेश चन्दलाई जिल्ला प्रहरी कार्यलय कैलालीले सम्मान गरेको छ । यस्तै अनुसन्धानमा सहयोग पु¥याउने २ प्रहरीको नाम सम्मानका लागि प्रदेश प्रहरी कार्यालयलाई सिफारिस गरिएको छ ।
प्रदेश प्रहरी कार्यलय कैलाली आरआइटी समुहको बिशेष अनुसन्धान टिमका प्रहरी सहायक निरीक्षक मोहन रावल र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यलय आर आइटीमा कार्यरत प्रहरी जवान लक्षि सुनारलाई पनि सम्मानका लागि प्रदेश प्रहरी कार्यालयलाई सिफरिस गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले बताए ।
सोमबार कैलालीको धनगढी वडा नम्बर ५ शिवनगर र जाई जोड्ने सडक छेउको नालीमा भारतको उत्तरप्रदेशस्थित शाहजापुराका ४२ वर्षीय गुप्ताको शव फेला परेको थियो ।
सोही घट्नामा पक्राउ परेका २ जनालाई प्रहरीले आज (शुक्रबार) पत्रकार सम्मलेलन गर्दै सार्वजनिक गरेको हो । हत्या आरोपमा बाजुराको खप्तड छेडेदह गाउँपालिकाका २० बर्षिय राजेन्द्र बुढा र २४ बर्षिय भुपेन्द्र बुढालाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।
२७ फागुन २०७८, शुक्रवार १९:०८ बजे प्रकाशित












