कञ्चनपुरमा मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ

कञ्चनपुरमा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। लालझाडी गाउँपालिका–६ का शिवभक्त मिश्रको घरबाट मोटरसाइकल चोरी भएपछि खोजी गर्ने क्रममा मिश्रको मोटरसाइकलसहित ती युवकलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–२ उल्टाखाम बस्ने २० वर्षीय प्रवेश जोशी र बेल्डाडी गाउँपालिका– १ का हर्क निरौला रहेका छन्। उनीहरुको साथबाट चोरी भएको सुपप्र ०२ ००३प ३६३६ नम्बरको मोटरसाइकल र म२प ५२१८ नम्बरको स्कुटर बरामद भएको छ।

उनीहरुलाई पक्राउ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


१८ फागुन २०७८, बुधवार १३:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु