हाम्रो धर्म, संस्कृतिको जर्गेना गर्न आवश्यक छ : अध्यक्ष बोगटी

डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर -४ सानागाउँमा रहेको त्रिवेणीधाममा महा शिवरात्री मेला २०७८ मनाईएको छ । शिवरात्री अवसरमा आयोजक पूर्वीचौकी युवा क्लब डोटी र प्रायोजक पूर्वीचौकी गाउँपालिका डोटीले मंगलबार महाशिवरात्रि मेला २०७८ मनाईएको हो ।

क्लबका अध्यक्ष रामबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटी रहेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष बोगटीले हाम्रो धर्म, संस्कार र संस्कृति विश्वमै उत्कृष्ट रहेको बताएका छन् । उनले यसको जग्रेना गर्न सबैले लाग्नुपर्ने र विश्व सामु चिनाउनका लागि अनवरत रूपमा लाग्नुपर्ने  बताए ।
पूर्वीचौकी गाउँपालिकालाई समुद्र गाउँपालिका बनाउन पर्न र पर्यटकीय सुन्दरताका क्षेत्रहरू, संस्कृतिका, कला भाषाको विकास गर्न आवश्यकता रहेको उनले बताए । त्रिवेणीधामको जति विकास हुनुपर्न हो त्यति विकास हुन नसकेको उनको भनाइ छ ।

त्रिवेणीधामलाई आर्थिक समुद्र र धर्म संस्कृति सँग जोड्नपर्छ भन्दै गाउँपालिकाले यसमा ध्यान दिएको उनले बताए । केहीदिन भित्रै यस धामका लागि संघीय सरकारको संस्कृति पर्यटन मन्त्रालयबाट बजेट समेत विनियोजन गर्न लगाउने उनले बताए ।

संघीय सरकारको नयाँ बजेटमा पाँच करोड त्रिवेणी धामको लागि समेत छुटाउन लगाएको उनको भनाइ छ । उनले अब हुने स्थानीय तहको चुनावमा जो विजय भएपनि आफूले  सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।


१८ फागुन २०७८, बुधवार ०९:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु