सुर्खेतमा कर्फ्यू उल्लंघन गर्दै प्रहरीमाथि आक्रमण, १० जना घाइते

सुर्खेतमा कर्फ्यूकाबीच प्रहरी टोलीमाथि आक्रमण हुँदा निरीक्षकसहित १० जना प्रहरी घाइते भएका छन् । आज बिहान कर्फ्यूकाबीच प्रहरी टोलीमाथि ढुंगामुडा भएको हो ।

कर्फ्यूबारे जानकारी दिँदै माइकिङ गरिरहेको प्रहरी टोलीमाथि ढुंगामुडा  हुँदा नगर प्रहरी वीरेन्द्रनगरका प्रमुख लालबहादुर सुनारसहित १०  प्रहरी घाइते भएका हुन् । घाइतेमध्ये सुनारसहित अन्य दुई जवानको अवस्था गम्भीर छ ।

एमसीसीको विरोधमा प्रदर्शनकारीले राजनीतिक दलका पार्टी कार्यालय तोडफोड गर्न थालेपछि स्थानीय प्रशासनले वीरेन्द्रनगरमा कर्फ्यू जारी गरेको छ ।


१७ फागुन २०७८, मंगलवार ११:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु