कांग्रेस कैलालीको सभापतिका लागि पुन: निर्वाचन हुने
नेपाली कांग्रेस कैलालीको १४ औं अधिवेशन अन्तर्गत भएको निर्वाचन दोस्रो चरणमा चुनाव हुने भएको छ । सोमबार भएको मतगणनामा सभापतिका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा चुनाव हुने भएको छ । निर्वाचनमा जम्मा दुई हजार ४८५ मत खसेको थियो । जस अनुसार सभापतिका उम्मेदवारले ५० प्रतिशत अर्थात विजयी हाँसिल गर्नका लागि कम्तीमा पनि एक हजार २४३ मत ल्याउनु पर्ने थियो ।
अन्तिम मत परिणाम अनुसार सभापतिका उम्मेदवार प्रकाश बमले एक हजार १६९, नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गरेका छन् । अब सभापतिका लागि बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ । सभापतिका लागि अव भने बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ । दुवै जना संस्थापन पक्षकै उम्मेदवार हुन ।
पहिलो चरणमा सभापति निर्वाचित हुन नसके पछि यही फागुन १८ गते दोस्रो चरणमा निर्वाचन गर्ने तयारी भइरहेको निर्वाचन अधिकृत टेक प्रसाद सुवेदीले जानकारी दिए ।
१६ फागुन २०७८, सोमवार १८:१८ बजे प्रकाशित












