धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता चैत ७ देखि हुने

धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता चैत ७ गतेदेखि हुने भएको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा चैत ७ देखि १२ गतेसम्म भलिबल प्रतियोगिता आयोजना हुने भएको हो ।

प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहने परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो र चौथो स्थान प्राप्त गर्ने टिमले क्रमशः एक लाख, ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने पत्रकार सम्मेलन गरी जनाइएको छ ।


१६ फागुन २०७८, सोमवार १७:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु