थप १८० जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ८२३५
देशभर पछिल्लो २४ घण्टामा १ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै हालसम्म ११ हजार ९ सय ३६ जना संक्रमितको मृत्यु भइसकेको छ ।
मन्त्रालयका अनुसार सोमबार ८ हजार ३ सय ४१ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये ५ हजार २ सय १८ जनाको पीसीआर र ३ हजार १ सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ८ हजार २ सय ३५ पुगेको छ ।
१६ फागुन २०७८, सोमवार १६:०८ बजे प्रकाशित












