रुस र युक्रेनबीच बेलारुसमा वार्ता सुरु

रुस र युक्रेनबीच बेलारुसमा वार्ता सुरु भएको छ । बेलारुस र युक्रेनको सीमामा वार्ता सुरु भएको हो । युद्धका बीच भएको यो वार्ताले नयाँ मोड ल्याउने विश्वास गरिएको छ ।

गत बिहीबारदेखि रुसले युक्रेनमाथि लगातार आक्रमण गरिरहेको छ । आक्रमणका बीच यो वार्ता सुरु भएको हो । सुरु बेला रुसमा वार्ता गर्न अस्वीकार गरेको युक्रेन अन्तिममा वार्ताका लागि तयार भएको हो ।

रुसले बेलारुसको भूमि प्रयोग गर्दै युक्रेनमाथि आक्रमण गरिरहेको छ ।


१६ फागुन २०७८, सोमवार १६:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु