punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संविधान सभा सदस्य थापाको निधन

Chaupati
safha napa

नेकपा एकीकृत समाजवादीका नेता डा.दुमन सिंह थापाको निधन भएको छ। उनको आइतबार साँझ काठमाडौंमा निधन भएको हो।

अर्घाखाँची घर भएका डा.थापा एमालेका तर्फबाट संविधान सभा सदस्य निर्वाचित भएका थिए। उनी संविधान सभा २०७० को निर्वाचनमा अर्घाखाँची २ बाट निर्वाचित भएका थिए।

एमाले विभाजन भएपछि एकीकृत समाजवादीमा लागेका उनी पार्टीको केन्द्रीय निर्वाचन आयोग सदस्य रहेका थिए।

उनको निधनप्रति समवेदना प्रकट गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले थापाको निधनले पार्टीलाई अपूरणीय क्षति भएको बताएका छन्।


१७ माघ २०७८, सोमवार ०९:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु