डोटी अस्पतालका कार्यालय सहयोगी मृत फेला
जिल्ला अस्पताल डोटीका कार्यालय सहयोगी मृत फेला परेका छन् । दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका ४५ वर्षीय कार्यालय सहयोगी भक्त कोली मृत फेला परेको जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले जानकारी दिए ।
कोली जिल्ला अस्पताल जाने बाटोको चोकमा आज बिहान मृतावस्थामा फेला परेको भाटले बताए । उनको शव जिल्ला अस्पतालमा राखिएको अस्पतालले जनाएको छ ।
१४ माघ २०७८, शुक्रवार १४:०८ बजे प्रकाशित












