punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेता तथा जनप्रतिनिधिलाई सम्पत्ति विवरण बुझाउन एमालेको निर्देशन

Chaupati
safha napa

नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्यरूपमा बुझाउन निर्देशन दिएको छ।

आयोगका अध्यक्ष केशव बडालले जारी गरेका अन्तरपार्टी निर्देशन १ मा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ७९ र आयोगको कार्यसम्पादन नियमावलीको नियम ६ बमोजिम पार्टीबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसमेतलाई पुस १४ गतेदेखि गणना हुने गरी ६० दिनभित्र आयोगसमक्ष उक्त विवरण पेश गर्न निर्देशन दिइएको हो।

आयोगले पार्टीभित्र अनुशासन पालनाका लागि आचारसंहिताको मस्यौदा पनि तयार गरिरहेको छ। आयोगका सचिव भरत पहारीले तयार गरेका मस्यौदामाथि थप छलफल गरेर पारित गरिने जनाइएको छ।


३० पुस २०७८, शुक्रवार १०:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु