punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम विजयी

Chaupati
safha napa

प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीवार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत हासिल गरेको हो ।

यसअघि सुदूरपश्चिम नेपाल पुलिस क्लबसँग २ रनले पराजित भएको थियो । सुदूरपश्चिमले दिएको १५४ रनको चुनौती पछ््याउने क्रममा कर्णाली १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो ।

कर्णालीका कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ४३ बल खेल्दै ४ चौका हाने । अर्जुन घर्तीले २४ बलमा ३ चौका र १ छक्काको मद्दतमा ३० रन जोडे ।बलिङतर्फ सुदूरपश्चिमका शेर मल्लले सर्वाधिक ४ विकेट लिए । हेमन्त धामीले २ तथा आदित्य महता, गजेन्द्र बोहरा र विकास आग्रीले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन जोड्यो । सुदूरपश्चिमका लागि अर्जुन साउँदले सर्वाधिक ३२ रनको योगदान गरे । उनले २३ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे ।

वसन्त कार्कीले २८, दीपक बोहराले २५ र खडग बोहराले २२ रनको योगदान दिए ।बलिङतर्फ कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट लिए । रवीन्द्र शाही र दिवान पुनले २–२ तथा दिनेश अधिकारीले १ विकेट लिए ।

३ खेल खेलेको कर्णालीको यो दोस्रो हार हो ।यसअघि कर्णाली त्रिभुवन आर्मी क्लबसँग ६३ रनले पराजित भएको थियो । कर्णालीले प्रदेश नम्बर १ लाई भने ३१ रनले पराजित गरेको थियो ।


२९ पुस २०७८, बिहीवार १६:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु