एमाले कञ्चनपुर अध्यक्षमा विष्ट निर्वाचित

नेकपा (एमाले) कञ्चनपुरको आठौं जिल्ला अधिवेशनबाट सुरेन्द्र विष्टको प्यानल निर्वाचित भएको छ।बुधबार साँझ आएको अन्तिम मतपरिणामअनुसार अध्यक्ष पदमा भीमदत्त नगरपालिकाका नगरप्रमुखसमेत रहेका विष्टले २८१ मत प्राप्त गरी निर्वाचित भए।

उनका प्रतिद्वन्द्वी वीरबहादुर थापा (पातल) ले १८३ मत प्राप्त गरेका छन्।त्यसैगरी उपाध्यक्ष पदमा २५४ मत ल्याउँदै लक्ष्मी बुढा निर्वाचित भइन्। उनका निकटतम् प्रतिद्वन्द्वी महेशप्रसाद पन्तले २०५ मत प्राप्त गरेका छन्।

सचिवमा पनि अध्यक्ष विष्ट प्यानलकै पल्लवराज भट्ट निर्वाचित भए। भट्टले अर्का प्रतिद्वन्द्वी अशोककुमार चन्दलाई सात मतले पराजित गरे। सचिवमा निर्वाचित भट्टले २३३ मत प्राप्त गरे भने पराजित चन्दले २२६ मत पाएका छन्।

त्यसैगरी उपसचिवमा कर्णबहादुर चन्द र फैरु तामाङ निर्वाचित भएका छन्। चन्दले ३४७ मत र तामाङले २९६ मत प्राप्त गरेका छन्। उपसचिव पदका अर्का प्रत्यासी शेरबहादुर चन्दले १९७ मत प्राप्त गरेका छन्।

जिल्ला कमिटीको सहमतिमै नेतृत्व चयन गर्न यहाँ प्रयास गरिए पनि अन्तःनिर्वाचन भएको थियो । निर्वाचनमा ४७० मत खसेको निर्वाचन समितिले जनाएको छ।


२९ पुस २०७८, बिहीवार ०९:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु