गृहजिल्लामै रावललाई धक्का, एमाले अध्यक्षमा ओलीनिकट बोहरा विजयी

नेकपा एमाले अछामको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा चन्द्र बोहरा विजयी भएका छन्।नेतृत्व चयनका लागि भएको मतदानको अन्तिम नतिजा बुधबार साँझ सार्वजनिक भएको छ।

जसअनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीनिकट चन्द्र बोहोरा ४३१ मतसहित विजयी भएका छन्।उनले नेता भीम रावलको साथ पाएका प्रकाश शाहलाई पराजित गरेका हुन्। शाहले ३०७ मत मात्रै ल्याउन सफल भएका छन्।

जिल्ला सदरमुकाम मंगलसैनस्थित जिल्ला समन्वय समितिको हलमा भएको मतगणनामा उपाध्यक्ष पदमा दलबहादुर कुँवर विजयी भएका छन्। त्यस्तै सचिव पदमा भीमबहादुर रावल विजयी भएका छन्। उपसचिवमा प्रेमबहादुर महर र डम्बर बिसीले जित दर्ता गराएका छन्।


२८ पुस २०७८, बुधवार १९:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु