बैतडीमा एक जनाको शव फेला, हत्याको आशंका
बैतडीमा एक जनाको शव फेला परेको छ। जिल्लाको सुर्नया गाउँपालिका ६ स्थित धुलिधार जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रहरीले गाडिएको अवस्थामा शव फेला पारेको बताएको छ। शव पहिचान खुलेको छैन। उनको हत्या गरिएको आशंका गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
२८ पुस २०७८, बुधवार १८:४३ बजे प्रकाशित












