सुदूरपश्चिममा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार १ हजार ६१७ जनाको परीक्षण गरिएकोमा १५९ जनामा कोरोना पुष्टि भएको हो ।
जसमध्ये ५० जनाको पीसीआरमार्फत र १०९ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । संक्रमण पुष्टि भएका १५९ जनामध्ये भारतबाट स्वदेश फर्केका ८८ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ५१, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ३६ र जुलाघाट नाकाबाट फर्केका एकजनामा संक्रमण पुष्टि भएको हो। भारतमा नेपालीहरु स्वदेश फर्किन थालेपछि कोरोना संक्रमितको संख्या पनि बढ्दै गइरहेको छ ।
२६ पुस २०७८, सोमवार १८:४५ बजे प्रकाशित












