लिपुलेकमा सडक निर्माण गरेको भन्दै भारतविरुद्ध प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव नेतृत्वको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले भारतीय हस्तक्षेपविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

उनीहरुले सोमबार माइतीघरमा भारत सरकारले लिपुलेक लगायतका क्षेत्रमा सडक निर्माण गरिरहेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

भारतले लिपुलेक–मानसरोवर क्षेत्रमा एकतर्फि सडक निर्माण गर्दै आएको छ । भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार गरिरहेको बताएका थिए ।

मोदीको उक्त अभिव्यक्तिको नेपालमा विरोध हुँदै आएको छ । तर, भारतले सडक निर्माण कार्य रोकेको छैन ।


२६ पुस २०७८, सोमवार १८:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु