मृतक भानुभक्त तिमिल्सैना रेशमराज तिमिल्सैना हत्या मुद्दाका साक्षी थिए
अछामको कमलबजारमा मृत भेटिएका भानुभक्त तिमिल्सैना केही महिना अघि हत्या गरिएका रेशमराज मितिल्सैना हत्या मुद्दाका साक्षी रहेको खुलेको छ ।
जिल्लाको कमलबजार नगरपालिका ५ कुइका का ३७ वर्षीय भानुभक्त तिमिल्सैनाको शव उनको घरबाट करिब ५०० मिटरको दुरीमा भेटिएको हो।
उनको हत्या भएको आफन्तहरुले दाबी गरेका छन् । उनी गत कार्तिक २ गते राति गैटाणमा हत्या गरिएका रेशमराज तिमिल्सैनाको मुद्दामा नेपाल सरकारतर्फका साक्षी रहेका थिए ।
रेशमराजको मुद्दाका साक्षी समेत रहेका भानुभक्त मृत भेटिनुले घटना थप संकास्पद देखिएको छ। शव भेटिएपछि सदरमुकाम मंगलसेनबाट प्रमुख जिल्ला अधिकारी सहित प्रहरी प्रमुखको टोली घटनास्थलतर्फ पुगेको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
२६ पुस २०७८, सोमवार १५:४१ बजे प्रकाशित












