गोदावरी धाममा लाग्ने अर्धकुम्भ मेला स्थगित (विज्ञप्तिसहित)
कैलालीको गोदावरी धाममा माघ महिनामा लाग्ने भनिएको अर्ध कुम्भ मेला स्थगित भएको छ । कोरोना महामारीको तेस्रो लहर फैलिँदै गएको भन्दै गोदावरी धाम विकास समितिले मेला स्थगित गरेको जनाएको हो ।
समितिले सोमबार प्रेस बिज्ञप्ति जारी गर्दै कुम्भ मेला स्थगित गरेको जनाएको छ । मेला स्थगित गरेको जनाएपछि अन्य धार्मिक कार्यहरु भने गरिने समितिले जनाएको छ ।
‘उक्त अवधिमा गंगा पूजन, कलश पूजन, पञ्चाङ पुराण परायण, लक्ष्य हवनलगायतका धार्मिक कार्यहरु भने सरकारले तोकेको मापदण्ड अनुसार गरिने छ,’ विज्ञप्तिमा भनिएको छ ।

२६ पुस २०७८, सोमवार १६:०४ बजे प्रकाशित












